• ९ माघ २०८१, बुधबार

माओवादी केन्द्र तारकेश्वर अध्यक्षमा सोमबहादुर तामाङ निर्वाचित

नुवाकोट, ११ मंसिर । नेकपा (माओवादी केन्द्र) तारकेश्वर गाउँपालिका कमिटीको शुक्रवार सम्पन्न दोश्रो सम्मेलनले सोमबहादुर तामाङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । उनको अध्यक्षतामा ५५ सदस्यिय गाउँपालिका कमिटी चुनिएको हो ।

उपाध्यक्षहरुमा जनकराज ढुङ्गाना, केशवप्रसाद रिमाल र बमबहादुर तामाङ छन् । सचिवमा बच्चुराम रिमाल, सहसचिवमा मानबहादुर तामाङ र कोषाध्यक्षमा सुशिला तामाङ निर्वाचित भएका छन् ।

गाउँपालिका सम्मेलनले बिरबहादुर तामाङको अध्यक्षमा ७ सदस्यिय सल्लाहकार कमिटि चयन गरेको छ ।

सम्मेलनको उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं नुवाकोट ईञ्चार्ज बिमला सुवेदी, जिल्ला अध्यक्ष एवं प्रदेश सांसद हिरानाथ खतिवडा, संविधानसभा सदस्य राममाया बोगटी, माओवादी जिल्ला सचिवलय सदस्य सुभद्रा नेपाल लगायतले मन्तब्य राखेका थिए ।





प्रतिक्रिया दिनुहोस्