• ७ कार्तिक २०८३, शुक्रबार

नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेशकुमार महत विजयी

नुवाकोट, ११ मंसिर । नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत नुवाकोटमा शनिबार सम्पन्न अधिवेशनमा नेपाली कांग्रेसका युवा नेता रमेशकुमार महतले‌ आफ्ना प्रतिस्पर्धी डा. केदारनरसिंह केसीलाई १० मतले पराजित गर्दै सभापतिमा विजयी भएका हुन् ।

कूल एकहजार ७ सय ६८ मतदातामध्ये एक हजार ७ सय ४७ मत खसेको थियो । रमेश महतले डां केदार नरसिंह केसीलाई १० मतले पराजित गरेका हुन् ।

महतले ८३३ र केसीले ८२३ मत प्राप्त गरे ।

विजयी भएका महत नेपाली कांग्रेस नुवाकोटका महासमिति सदस्य तथा नेपाली कांग्रेस नुवाकोटका युवा नेता हुन् ।

उनलाई नेपाली कांग्रेसका नेताहरु डा.रामशरण महत, डा. प्रकाशशरण महत तथा संघिय सांसद बहादुरसिंह लामाको साथ पाएका थिए ।

सभापतिका अर्काे उम्मेद्धवार केसीलाई जगदीश्वर नरसिंह केसीको साथ रहेको थियो ।