• ३० माघ २०८२, बिहीबार

नुवाकोटमा कांग्रेस अधिवेशनमा पार्टीको अन्तरघातले उपसभापतिमा पराजीत कृष्ण गुरुङ एमाले प्रवेश गर्दै

नुवाकोट, १२ मंसिर । नेपाली कांग्रेस १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनमा नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र ‘ख’ को उपसभापतिमा पराजीत युवा नेता कृष्ण गुरुङ ( किसन लाहुरे) ले कांग्रेस परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गर्न लागेको बताएका छन् ।

पार्टीभित्र युवा पुस्ताको पकड हुनुपर्छ भन्ने मान्यताका आधारमा प्रदेश उपसभापतिमा उमेद्वारी दिएका गुरुङले पार्टीकै सहयात्रीको अन्तरघातले आफू पराजित हुनुपरेको बताएका छन् ।

‘राम्रो काम गर्ने जो कोहिलाई समर्थन गर्दै गलतलाई गलत भन्दै सदैव विरोध गर्न तथा काङ्ग्रेस नेतृत्वमा युवाको दावेदारी हुनुपर्छ भनेर नै मैंले उम्मेद्वारी दिएकाे थिएँ’, – गुरुङले भने ।

नुवाकोट-काठमाडौं सम्पर्क मञ्च क्षेत्र नम्बर २ प्रदेश(ख) को निवर्तमान सभापति र नेपाल प्रजातान्त्रिक महासंघ नुवाकोट कोषाध्यक्ष समेत रहेका युवा व्यवसायी गुरुङले नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र ‘ख’ मा अतामसिङ तामाङको प्यानलमा उपसभापतिका लागि उमेद्वारी दिएका थिए ।

साथीहरुको अन्तरघातका कारण आफ्नो पराजय सँगै पुरै कांग्रेसलाई समेत क्षेति पुगेको बताएका छन् ।

गुरुङसँगै अन्य कार्यकर्ताहरु पनि नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गर्न लागेको उनी निकटका एक नेताले बताए ।

गुरुङलाई नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले टिका र खादा ओडाइ पार्टी प्रवेश गराउने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्