• ३ चैत्र २०८१, सोमबार

नुवाकोटका ३० सामुदायिक विद्यालयमा प्र.अ. बैठक तथा पुस्तकालय व्यबस्थापन तालिम सम्पन्न

नुवाकोट, १४ मंसिर । रुम टु रिड÷रुडेक नेपाल र शिक्षा समन्वय इकाइकोको समन्वयमा कक्षा १ र २ को अभ्यास पुस्तकमा आधारित विषयबस्तुबारे केन्द्रित गरी साक्षरता कार्यक्रम सञ्चालित ३० वटा सामुदायिक विद्यालयका प्र.अ.हरुसँग साक्षरता कार्यक्रम समिक्षा तथा दिगोपना सम्बन्धि एकदिने प्र.अ. बैठक कार्यक्रम र पुस्तकालय र सह­पुस्तकालय ब्यवस्थापकहरुको २∕२ दिने पुस्तकालय ब्यवस्थापन तालिम सम्पन्न गरिएको छ ।

Open photo

बैठकमा कार्यक्रममा साक्षरताकार्यक्रम लागु भएका नुवाकोट जिल्लाका ३० वटा सामुदायिक विद्यालयका ३० जना प्र.अ. ज्यूहरुको सहभागिता रहेको थियो भने, पुस्तकालय ब्यवस्थापन तालिमका लागि साक्षरता कार्यक्रम सञ्चालित ३० वटा सामुदायिक विद्यालयका ३० जना पुस्तकालय ब्यबस्थाक र २७ जना सहब्यबस्थापक शिक्षकहरुको उपस्थिती रहेको थियो ।

Open photo

सहभागि सबै प्र.अ. तथा पुस्तकालय ब्यबस्थापकहरुले ३ वर्ष सम्म साक्षरता कार्यक्रम सञ्चालन सहयोग प्रति रुम टु रिड र रुडेक नेपाल प्रति हार्दिक आभारी रहेको र नानी∕बाबुहरुको पढ्ने सीप र बानीको विकासको लागि साक्षरता कार्यक्रमलाई निरन्तरता दिने र दिगो साक्षरता कार्यक्रम बनाउने प्रतिबद्धता रहेको र निरन्तर सहयोग को पनि अपेक्षा गरेको छ ।


कार्यक्रमलाई शिक्षा समन्वयइकाई नुवाकोट प्रमुख श्री अर्जुन बहादुर श्रेष्ठले यस बैठकले प्र.अ. पुस्तकालय ब्यवस्थापक तथा सरोकारवालहरुमा थप उर्जा र जिम्मेवारी थपेको र साक्षरता कार्यक्रम दिगोपनका प्रक्रियामा अझ बढी प्रभावकारिता आउने कुरा बताउनुभयो ।

तालिम रुम टु रिड नुवाकोट फिल्ड अफिस र रुडेक नेपालका सहजकर्ताले सहजिकरण गरेको जानकारी साक्षरता कार्यक्रम संयोजक फुर्वा घलेले दिए ।


सन् २०१८ परियोजनाका ३० वटा विद्यालयहरु यस वर्ष साक्षरता कार्यक्रम सञ्चालनको सफल ३ वर्ष पार गरि हस्तान्तरणको अवधिमा रहेको हो ।

No description available.

तसर्थ प्र.अ. तथा पुस्तकालय ब्यवस्थापकहरुको लागि साक्षरता कार्यक्रम समिक्षा र दिगोपनको यो कार्यक्रमले साक्षरता कार्यक्रम दिगोपनका निमित्त महत्वपू सीप र सिकाई हस्तान्तरण भएको जानकारी रुडेक नेपालका संस्थापक अध्यक्ष मीनकुमार के.सी. बताउनुहुन्छ ।





प्रतिक्रिया दिनुहोस्