नुवाकोट, १५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको अधिवेशनमा नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्षमा युवा नेता सुमन लामा निर्वाचित भएका छन् ।
किस्पाङ गाउँपालिकामा मंगलबार भएको अधिवेशनले लामालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
त्यसै गरि गाउँपालिका उपाध्यक्षमा बिक्रम लामा, भिमसेन तामाङ, नेत्र भट्ट निर्वाचित भएको माओवादी केन्द्र किस्पाङ गाउँपालिका कमिटीले जानकारी दिएको छ ।
साथै सचिवमा माधव न्यौपाने र कोषाध्यक्षमा तिति तामाङ निर्वाचित भएका छन् ।
लामाको नेतृत्वमा किस्पाङ गाउँपालिकामा ५५ सदस्यिय कमिटी निर्बिरोध निर्वाचित भएको सचिव माधव न्यौपानेले बागमती प्रेसलाई जानकारी दिए ।