तादी, १५ मंसिर । भरत लामिछाने स्मृति प्रतिष्ठानले नुवाकोटको तादी गाउँपालिकामा मृगौला पिडित बिरामीलाई आर्थिक सहयोग गरेको छ ।
अपाङ्गता भएको र मृगौलाको समस्याबाट पनि पिडित तथा आर्थिक अवस्था कम्जोर भएका ४ जनालाई जनही आठ/आठ हजारका दरले आर्थिक सहयोग गरिएको प्रतिष्ठानका संरक्षक केपी लामिछानेले जानकारी दिए ।

आर्थिक अवस्था कम्जोर भएको र उपचारमा थोरै भएपनि सहज होस् भनेर आर्थिक सहयोग गरिएको लामिछानेले बताए ।
गत शनिबार एक कार्यक्रमकाबीच तादी गाउँपालिका स्थित कटुञ्जेका विपन्न बिरामीहरुलाई आर्थिक सहयोग गरिएको हो ।

साथै प्रतिष्ठानले गत शुक्रबार तादी गाउँपालिकाको वडा नम्बर ५ स्थित नर्जाको स्याङ्चेत अमारे टोलमा ३ वटा बिरामी बोक्ने स्टेचर पनि वितरण गरेको थियो ।
समाजसेवी तथा प्रतिष्ठानका सल्लाहकार बिमला भन्तना र शारदा लामिछाने चौलागाईंको समन्वयमा आर्थिक सहयोग गरिएको थियो ।

भरत लामिछाने स्मृति प्रतिष्ठान र प्रतिष्ठानका संरक्षक केपी लामिछाने नुवाकोट जिल्लाको विपन्न रोगि र भोका जनताको घाउमा मलम लगाउने एक समाजसेवीका रुपमा परिचित छन् ।
केपी लामिछानेले आफूले जिल्लामा निरन्तर समाजसेवाको काम गरिरहने बताएका छन् ।
