• २९ बैशाख २०८२, सोमबार

नुवाकोटको पिपलटारमा मोटरसाइकल दुर्घटना, २ जना गम्भीर घाइते

नुवाकोट, १७ मंसिर। नुवाकोटको विदुर नगरपालिका स्थित पिपलटारमा मोटरसाइकल दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार बिहानै बा ६३ प ५०२० र अर्को स्पष्ट नम्बर नखुलेको मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई जना गम्भीर भएका हुन् ।

पिपलटार माउन्टेन भ्यू रिसोर्ट जाने बाटो नजिकै दुर्घटना भएको बताइएको छ। हालसम्म घाइतेको पहिचान भैसकेको छैन । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्