काठमाडौं, १७ मंसिर । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भर्खरै नतिजा सार्वजनिक गरेको हो।
बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन्। ४८ हजार २ सय ३९ जनाले ए ग्रेड ल्याएका छन्। त्यस्तै बी प्लस ल्याउनेमा ७० हजार १ जना परीक्षार्थी छन्। बी ग्रेड ल्याउनेमा ९९ हजार ५ सय ३७ छन्।
७५ हजार ८८ जना परीक्षार्थीले सी प्लस ग्रेड ल्याएका छन्। सी ल्याउनेमा २४ हजार ५ सय १५ जना छन्। डी प्लस ल्याउनेमा ३ हजार ८ सय ७५ परीक्षार्थी छन् भने डी प्लस ल्याउनेमा २ सय ९६ जना छन्। १० हजार ७३ परीक्षार्थीले इ ल्याएका छन्।
बोर्डका प्रवक्ता कृष्णप्रसाद शर्माका अनुसार प्रकाशित नतिजा https://neb.ntc.net.np/ बाट हेर्न सकिनेछ।
कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो। कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो।
परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार १५ जना परीक्षार्थी सहभागी थिए। कोरोना सङ्क्रमित भएका विद्यार्थीहरूको भने बोर्डले हिजोबाट परीक्षा लीन सुरु गरेको छ। परीक्षामा ४१ जना विद्यार्थी सहभागी छन्। यी विद्यार्थीको परीक्षाफल १० दिनभित्रै प्रकाशित गर्ने बोर्डको तयारी छ।