• १ माघ २०८१, मंगलवार

नेपाली महिला टोली आज बंगलादेश जाँदै

मंसिर २१, काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागि हुन नेपाली टोली आज  बंगलादेश प्रस्थान गर्दैछन् ।  नेपाली टोली पौने २ बजे ढाका प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

एन्फाले सोमबार नै ढाका जाने महिला टोलीलाई बिदाइ गरेको थियो। च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले २३ सदस्यीय टिमको घोषणा गरिसकेका छन्।

नेपालले यस संस्करणको उपाधि जित्ने लक्ष्य लिएको छ। अघिल्लो पटक नेपाल उपविजेता बनेको थियो।

च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा आयोजना हुनेछ । प्रतियोगितामा पाँच टिमले सहभागिता जनाउनेछन् । आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ खेल्नेछ।





प्रतिक्रिया दिनुहोस्