• १० बैशाख २०८२, बुधबार

नुवाकोटको खरानिटारमा प्रथम तादी महोत्सव आयोजना हुने

नुवाकोट, २३ मंसिर । नुवाकोटको तादी गाउँपालिकामा प्रथम तादी महोत्सव महोत्सव हुने भएको छ ।

तादी गाउँपालिकाको आयोजनामा मंसिर २५ देखि पुस ४ गतेसम्म प्रथम तादी महोत्सव, कृषि, पर्यटन तथा एतिहासिक व्यापार मेला २०७८ सञ्चालन हुन लागेको हो ।

बिहीबार महोत्सवको जानकारी दिँदै तादी गाउँपालिकाका अध्यक्ष नारायण प्रसाद पाण्डेले तादी गाउँपालिका भित्र रहेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार, संस्कृतिको संरक्षण र कृषि प्रवर्दन गर्ने मुख्य उद्देश्यका साथ महोत्सव आयोजना गरिएको जानकारी दिए ।

८ दिनसम्म सञ्चालन हुने महोत्सवममा दैनिक उपभोग्य सामान, फेन्सी सामान, कृषि उपज वस्तुहरु लगायत सामग्रीहरु पाइनेछन् । बालबालिकाको मनोरञ्जनको लागि बाल उद्यान, र अन्य मनोरञ्जनका साधनहरु समेत व्यवस्था गरिने बताइएको छ ।

त्यस्तै महोत्सवमा चर्चित राष्ट्रिय कलाकार तथा स्थानीय कलकारहरुको प्रस्तुति र स्थानीय कला संस्कृति र झाँकी प्रदर्शन हुने छन् ।

महोत्सवले यस क्षेत्रको प्रचार प्रसारमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्