• २ फाल्गुन २०८१, शुक्रबार

नुवाकोटको लिखु गाउँपालिकामा स्वास्थ्य चौकी बन्द गरेर कर्मचारी चन्द्रागिरी भ्रमणमा

नुवाकोट, २४ मंसिर । नुवाकोटको लिखु गाउँपालिकामा स्वास्थ्य चौकी बन्द गरेर कर्मचारीहरु चन्दागिरिमा रमाइरहेका छन् ।

नुवाकोटको लिखु गाउँपालिका वडा नं १ को खानिगाउँ स्वास्थ्य चौकी र वडा नं. २ मा रहेको सामुदायिक स्वास्थ्य ईकाईका महिला स्वास्थ्य स्वयंसेवीका र कर्मचारीहरु कार्यलय नै बन्द गरेर शैक्षिक अवलोकन भ्रमणमा गएका छन् ।

वडा नम्बर २ का वडाध्यक्ष भीम बहादुर घलेको नेतृत्वमा कार्यालय नै बन्द गरेर भ्रमण गएको कुरा प्रमुख प्रशासकीय अधिकृतलाई समेत केही पनि जानकारी नभएको बताईएको छ ।

स्वास्थ्य चौकीमा सेवा लिन पुगेका सेवाग्राही कार्यलय नै बन्द भएपछि मलिन भएर फर्किन बाध्य भएका छन् ।

मलाई कुनै पनि जानकारी आएको छैन् र त्यसरी कार्यालय नै बन्दै गरेर घुम्न जान मिल्दैन म यस बिषयमा बुझेपछि मात्र प्रतिक्रिया दिन्छु । उनले भने ।





प्रतिक्रिया दिनुहोस्