नुवाकोट, २८ मंसिर । नुवाकोटको विदुरमा सवारी चालकहरुको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
ट्राफिक सचेतनामुलक कार्यक्रम अन्र्तगत दुर्घटना प्रति संवेदनशील बनाउने तथा सवारी दुर्घटना घटाउने उद्देश्यले चालकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्टार हस्पिटल नुवाकोटको प्राविधिक सहयोगमा जिल्लाको विदुर नगरपालिका १ ढङ्गेमा सार्वजनिक सवारी साधनका चालकहरुको स्वास्थ्य परीक्षण गरी स्वास्थ्यमा समस्या देखिएको चालकहरुलाई समयमा नै उपचार गर्न सल्लाह सुझाव दिईएको छ ।
मंगलबार गरिएको स्वास्थ्य परीक्षणमा २८ जना को निशुल्क गरिएको बताइएको छ ।

