• २६ माघ २०८२, आईतवार

नेपाली कांग्रेस : आज महामन्त्रीकाे मत गणना हुने

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज महामन्त्रीको मतगणना हुने भएको छ।

बिहान ८ बजेदेखि महामन्त्रीको मतगणना हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। दुई सिटका लागि महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।

सभापति शेरबहादुर देउवा समूहबाट डाक्टर प्रकाशशरण महत र प्रदीप पौडेल छन् भने डा शेखर कोइराला समूहबाट गगन थापा र डा मिनेन्द्र रिजाल मैदानमा छन्।

प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा राजाराम कार्की पनि महामन्त्रीको होडमा छन्।

कांग्रेसको सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भइसकेका छन्।





प्रतिक्रिया दिनुहोस्