नुवाकोट, ४ पुस । निजि तथा आवासीय विद्यालय अर्गनाइनेशन नेपाल नुवाकोटको अध्यक्षमा ताराबहादुर कार्की निर्विरोध निर्वाचित भएका छन् ।
गत शनिवार भएको प्याब्सन नुवाकोटको सातौं अधिवेशनले कार्कीको नेतृत्वमा निर्विरोध १६ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा रजनी कार्की, सचिवमा पुरुषोत्तम अधिकारी र कोषाध्यक्षमा रामजी भट्ट निर्वाचित भएका छन् ।

समितिको सदस्यहरुमा गगनकल्याण प्रधान, नारायण घिमिरे, अम्बिका घले, रोशन श्रेष्ठ, रविन्द्र डंगोल, विष्णु ठकुरी रहेका छन् । यस्तै अन्य सदस्यहरुमा तारा थापा, रामचन्द्र नेपाल, अतुला पोंगेन, राजन खतिवडा, श्रीराम नेपाल र सुकुमान डंगोल रहेका छन् ।
अधिवेशनले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा शंकर घिमिरे र मधुकुमार अधिकारीलाई चयन गरेको निर्वाचन समितिले जनाएको छ ।
