नुवाकोट, ४ पुस । नुवाकोटका १२ जना पत्रकार प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीमा चयन भएका छन् ।
चौतारीलाई पूर्णता दिने क्रममा केहि थप पत्रकार केन्द्रीय सदस्यमा मनोनित भएसंगै जिल्लाबाट १२ जना केन्द्रीय सदस्य भएका हुन ।
यस अघि पनि नुवाकोटका केहि पत्रकारहरु भने महाधिवेशनबाटै केन्द्रीय कमिटीमा निर्वाचित भएका थिए ।
अघिल्लो शनिवार केन्द्रीय अध्यक्ष गणेश बस्नेतले जारी गरेको विज्ञप्ती अनुसार जिल्लाका नुवाकोटका देवचन्द्र भट्ट, प्रकाश सिलवाल, माधव तिवारी, विष्णु तारुके लगायत १२ जना पत्रकार केन्द्रीय कमिटीमा मनोनित भएका छन् ।
८४ सदस्यीय केन्द्रीय कमिटी रहेको चौतारीलाई पूर्णता दिँदै २३१ सदस्यीय बनाइएको छ । चौतारीमा १८ जना पदाधिकारी तथा लेखा र अनुसासन आयोगका अध्यक्ष पनि पदाधिकारी रहने छन् ।
केन्द्रीय अध्यक्ष बस्नेतले ७७ वटै जिल्लाबाट केन्द्रीय सदस्य मनोनित गरेका हुन् ।
प्रेस चाैतारी नेपालकाे केन्द्रीय कमिटीमा समावेश नुवाकोटका पत्रकार:
१. देवचन्द्र भट्ट
२. प्रकाश सिलवाल
३. माधवप्रसाद तिवारी
४. यशोदा अधिकारी
५. विष्णु तारूके
६. नवदीप अजनवी
७. निराजन पाैडेल
८. रामचन्द्र अर्याल
९. पवित्रा मुडभरी
१०. अनिता श्रेष्ठ
केन्द्रीय लेखा आयोग सदस्य
१. श्यामराज पाठक
केन्द्रीय अनुशासन आयोग सदस्य
२. श्रीराम अधिकारी