• ३ चैत्र २०८१, सोमबार

संसदीय दलको कार्यालयमा बसेर प्रदेशसभामा गएनन् मुख्यमन्त्री पाण्डे

हेटौंडा : प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण बुधबारको बागमती प्रदेशसभा बैठक अवरुद्ध भयो।

मुख्यमन्त्री राजेन्द्र पाण्डेले मनलाग्दी विभाजन गरी मन्त्रालय थप्ने र आफ्नो पार्टी (नेकपा एकीकृत समाजवादी) को कमिटी गठन नभएका ठाउँमा बजेट नै नदिने सार्वजनिक अभिव्यक्तिको विरोध गर्दै एमालेले बैठक चल्न दिएन। उसले मुख्यमन्त्री पाण्डेले चित्तबुझ्दो जवाफ दिनुपर्ने माग एमालेको छ। 

तर बैठकमा मुख्यमन्त्री पाण्डे अनुपस्थित रहे । उनी बैठक अवरोध हुने पहिले नै चाल पाएपछि पार्टीको संसदीय दलको कार्यालयमा बसिरहेका थिए। बैठक स्थगित भएपछि पार्टीका प्रदेशसभा सदस्यहरु संसदीय दलको कार्यालयमा जम्मा भएका छन्। 

अहिले नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बसिरहेको छ। एमालेको अवरोधले प्रदेशसभा चल्न नसकेपछि कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न बैठक बसेको एक प्रदेशसभा सदस्यले जानकारी दिए। 

प्रदेशसभा बैठक भोलि बिहीबारसम्मका लागि स्थगित भएको छ।





प्रतिक्रिया दिनुहोस्