• ३० फाल्गुन २०८२, शनिबार

नेपाली कांग्रेस नुवाकोटले पुस १६ गते सबै वडामा एकता दिवस मनाउने

काठमाडौं, १२ पुस । नेपाली काँग्रेस नुवाकोटको १४औँ महाधिवेशनबाट निर्वाचित भएको जिल्ला कार्यसमितिको आइतबार सबेको पहिलो बैठकले आगामी पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसलाई जिल्लादेखि वडा कार्यसमितिसम्म मनाउने निर्णय गरेको छ ।

जिल्ला कार्यसमितिको बैठकले १४औँ महाधिवेशन सम्पन्न गर्नको लागी सहयोग पु¥याउनेहरुलाई धन्यावाद प्रदान गरेको छ भने नुवाकोटबाट प्रतिनिधित्व गर्ने प्रदेस सांसद कल्पना नेपाली बागमित प्रदेशको स्वास्थ्य राज्यमन्त्री भएकोमा कार्यसफलता सहितको शुभकामना दिएको जिल्ला सचिव बैकुण्ठ मिश्रले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार पाटी सञ्चालन विधि पूर्वक गराउनको लागी आचार संहिता निर्माण गर्ने सहित यही पुस पुस १६ गत राष्ट्रिय मेलमिलाप दिवसलाई भव्य रुपमा मनाउने निर्णय गरेको हो ।

नेपाली काँग्रेस नुवाकोटले आगामी दिनमा यसअघिको भन्दा केही फरक रणनीति बनाएर अघि बढ्ने तयारी गरेको जिल्ला सभापति रमेशकुमार महतले बताउनुभएको छ ।

पाटी भित्रको विभिन्न समितिको जिम्मेवारीमा रहेका देखि क्रियाशिल सदस्यहरुलाई समेत आचारसंहितामा बाध्ने तयारी गरिएको छ । यसैगरी, क्रियाशिल सदस्य बढाएर कमजोर रहेको अबस्थालाई सुद्धढ बनाएर अघि बढ्न लागिएको जिल्ला सचिव बैकुण्ठ मिश्रले जानकारी दिनुभएको छ ।

यसअघि भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नुवाकोटको सबै क्षेत्रमा हार ब्यहोरेको काँग्रेसले त्यस निर्वाचनमा एकता गरेका बामपन्थी दलहरु अहिले विभाजन भएसगै हौसिएको छ ।

यसअघिको चुनाव तथा पाटी सञ्चादलनको क्रममा देखिएका कमजोरीलाई सुधार गर्दै सबै क्षेत्रमा जित हासिल गर्ने गरेर १४औँ महाधिवेशनबाट नेतृत्वमा आएका विभिन्न तहमा रहेका समितिहरुले भूमिका निर्वाह गर्न सक्रिय रुपमा लाग्ने जिल्ला सचिव बैकुण्ठ मिश्रको दाबी रहेको छ ।





प्रतिक्रिया दिनुहोस्