काठमाडौं, १५ पुस । राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा पूर्व भुमि, कृषि तथा सहकारी राज्यमन्त्रि बद्री मैनालीले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
पूर्व राज्यमन्त्रि मैनालीले दिनुभएको शुभकामना सन्देशमा यस्ता पर्वले राष्ट्रिय एकतालाई बलियो अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
तमु ल्होसारले गुरुङ समुदायको नयाँ संवत् सुरु भएको सङ्केत गर्दछ । गुरुङ समुदायले बिहीबार पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै यो पर्व मनाउने प्रचलन छ ।
सन्देशमा मैनालीले तमु समुदाय लगायत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक नेपाली समाजमा यस्ता पर्वहरु आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रुपमा रहेको बताउनुभएको छ ।
पूर्व कृषि राज्यमन्त्रि मैनालीद्वारा तमु ल्होसारको व्यक्त भएको शुभकामना :
तमु ल्होसारको सुखद उपलक्ष्यमा स्वदेश र विदेशमा बस्नुभएका तमु समुदाय लगायत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक नेपाली समाजमा यस्ता पर्वहरु आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रुपमा रहेका छन् ।
राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा
पूर्व भुमि, कृषि तथा सहकारी राज्यमन्त्रि
बद्री मैनाली