• ४ बैशाख २०८३, शुक्रबार

ललिता निवास जग्गा प्रकरण : १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं : ललिता निवास जग्गा हिनामिना प्रकरणमा काठमाडौं जिल्ला अदालतले १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

गत आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज आठ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिए।

सरकारी जग्गा गर्ने प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारीसमेत जोडिएका थिए। सो प्रकरणका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको छ।





प्रतिक्रिया दिनुहोस्