काठमाडौं : नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत आजका लागि तय भएको निर्वाचन कार्यतालिका स्थगित भएको छ।
सहमतिबाट केन्द्रीय समिति निर्माण गर्न कलस्टर अनुसार सहमतिको प्रयास जारी रहेको भन्दै आजको प्रक्रिया स्थगित भएको निर्वाचन समिति प्रमुख विष्णु पुकार श्रेष्ठले जानकारी दिए।
उनले सहमतिका लागि छलफल जारी नै रहेकोले आज ८ बजेदेखि सुरू हुने भनिएको कार्यतालिका भोलि १ बजेदेखि सुरू हुने जानकारी दिए।
प्रज्ञा भवनमा जारी आठौं महाधिवेसनको सातौं दिनमा मतदाता नामावली प्रकाशन समेत गरिसकेको थियो। भोलि दिउँसो १ बजेसम्मको समयमा सहमति जुट्न नसके निर्वाचनबाट नै समिति चयन हुने जनाइएको छ।