धादिङ, २० पुस । विभिन्न चोरी मुद्दाका फरार प्रतिवादीलाई ईलाका प्रहरी कार्यालय गजुरीले पक्राउ गरेको छ ।
गजुरी एरियामा विभिन्न समयमा भएको चोरीको घटना अनुसन्धानको क्रममा धादिङ जिल्ला अदालतबाट चोरी मुद्दामा मिति २०७७/६/ २५ गतेको फैसला बमोजिम ७ महिना २४ दिन कैद सजाय तोकी कैद भुक्तान गर्न बाँकी रहेका र मिति २०७८ /०२/०१ गते राति ११ : ०० बजेको समयमा जिल्ला धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नं. ३ करङखोला स्थित रहेको ब्लु हेबन रेष्टुरेण्ट एण्ड बार र द ब्लु हेबन रेष्टुरेण्ट प्रा.लि. मा भएको चोरी मुद्दामा मुख्य प्रतिवादी रही जिल्ला अदालत धादिङमा विचारधिन अवस्थामा रहेको थियो ।
उक्त मुद्दामा समेत फरार रहेका प्रतिवादी जिल्ला धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नं. ३ कात्राक बस्ने बर्ष २१ को श्याम प्रजा भन्ने सुर्य बहादुर मगर मिति २०७८/०९/१७ गते ९ः३० बजेको समयमा जिल्ला धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नं. ३ मलेखुबाट पक्राउ गरिएको हो ।
उनको शरीर तथा घरको खानतलासी गदा साथबाट नेपाल टेलिकमको रिचार्ज कार्ड रु. २७५०, नगद रु. २५,००, र घर कोठाबाट सुनको छड्के तिलहरी थान १, सुनको माईली तिलहरी थान १, सुनको जन्तर थान १, सुनको रामलिला झुम्का १ जोर, चाँदीको कल्ली १ जोर, चाँदीको बाला ३ वटा, आईफोन मोबाईल थान १, समेत बरामद भेएिको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक भावेश रिमालले जानकारी दिए ।
पक्राउ परेका प्रतिवादी उपर चोरी तथा डाँका सम्बन्धि कसुर मुद्दामा जिल्ला अदालत धादिङबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक भावेश रिमालले बताए ।