नेपाल निजामती कर्मचारी युनियन नुवाकोटको अध्यक्षमा पुन निलम कुमार भुसाल चयन हुनुभएको छ । बुधबार बिदुरमा सम्पन्न भएको ८ औ अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा टेकबहादुर अधिकारी, दुर्गादेबी अधिकारी, महेन्द्रकुमार श्रेष्ठ सचिबमा बासदेब श्रेष्ठ, सहसचिबमा रामकुमार राई र कोषाध्यक्षमा राजु श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा बिरबहादुर तामाङ, बैकुन्ठ अधिकारी, गोपाल श्रेष्ठ, पुजा खतिवडा, सुरेस सिटौला, बिष्णुप्रसाद खनाल, बिरोचन खनाल र निशा डङ्घोल चयन हुनुभएको छ ।