
नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरूको शुभेच्छुक संगठन डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नुवाकोटको अध्यक्षमा सुरेन्द्रराज अधिकारी चयन हुनु भएको छ । एसोसिएसनको तेश्रो अधिवेशनले अधिकारीको अधक्ष्यतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्ब सम्मत रुपमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कृष्णलाल श्रेष्ठ, सचिबमा नारायण अधिकारी, सहसचिबमा माधबराज सिलवाल र कोषाध्यक्षमा पार्बती लोहोनी चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा कृष्णप्रसाद अधिकारी र सम्झना अधिकारी चयन हुनु भएको छ भने सल्लाहाकारहरुमा रामेश्वर उपाध्याय र द्धारिका प्रसाद पाण्डे चयन हुनु भएको छ ।