• ४ फाल्गुन २०८२, सोमबार

एमाले अध्यक्ष ओलीलाई भेट्न रामचन्द्र पौडेल बालकोट पुगे

काठमाडौं, २२ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संसदको अवरोध खुलाउन आग्रह गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। 

बुधबार साँझ अध्यक्ष ओली निवास भक्तपुर, बालकोट पुगेर नेता पौडेलले संसद अवरुद्ध हुँदा राम्रो सन्देश नजाने भन्दै वार्ताबाट सहमति खोज्न ओलीलाई आग्रह गरे।

अध्यक्ष ओलीले ‘अप्राकृतिक गठबन्धन र एमालेले कारवाही गरेका व्यक्तिहरुलाई संसद भवन भित्र प्रवेश नरोकिएसम्म संसदको अवरोध कायमै राख्ने भन्द नेता नेता पौडेललाई जवाफ दिएको ओलीको सचिवालयले जनाएको छ। 

सत्ता गठबन्धनको राजनीतिक संयन्त्रको संयोजकको हैसियतले आफूले बालकोट पुगेर ओलीसँग आग्रह गरेको पौडेलले बताए।

१४औं महाधिवेशनपछि नेता पौडेल प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग नजिक भएका छन्। उनी प्रधानमन्त्री समेत रहेका देउवाको दुत बनेर बालकोट पुगेका थिए। 

शेखर कोइराला पक्षले संस्थापन इतरको भेलामा नगएका पौडेल देउवाको अघोषित दुत बनेर बालकोट पुगेका हुन्। 





प्रतिक्रिया दिनुहोस्