धादिङ, २३ पुस । इलाका प्रहरी कार्यलय गजुरीले अवैध लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गजुरी गाउँपालिका वडा नम्बर ४ स्थित भिरकटेरी बस्ने बर्ष १९ को प्रकाश प्रजा र साथमा उनको एक साथि पनि रहेको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय गजुरी, अस्थायी प्रहरी पोष्ट अदामघाट धादिङबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं तर्फ जाने बस कुरिरहेको अवस्थामा गजुरी गाउँपालिका अदामघाटबाट नियन्त्रणमा लिइएको हो ।
प्रहरीले प्रजाको साथबाट लागु औषध गाँजा जस्तो देखिने पदार्थ १० किलो ग्राम सहित फेला परेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
उनलाई आवश्यक अनुसन्धान र कार्वाहीका लागि लागु औषध सम्बन्धि कसुरमा म्याद थप गरी हिरासतमा लिइएको छ ।