काठमाडौं, २३ पुस । नेकपा समाजवादीका जिल्ला सदस्य रामेश्वर देवकोटा ने।क।पा एमालेमा प्रवेश गर्नुभएको छ ।
शुक्रबार एमाले काठमाडौं जिल्ला अधिवेशनको अवसरमा तारकेश्वर नगरपालिका वडा नं ३ जितुपुरफेदी निवासी पुराना एमाले नेता समेत रहेका देवकोटा एमालेमा फर्कनुभएको हो ।
केही नेताका कुण्ठा स्वार्थले पार्टी फुटाएर समाजवादी बनाएको र त्यसमा कुनै भविष्य नरहेको कारण आफुपुन मूलघर एमालेमा फर्कीएको देवकोटाको भनाई छ ।
जिल्ला अधिवेशनको भब्य समारोहबिच एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले खादाँ र माला लगायर उहाँलाई सम्मान गर्नुभएको छ ।
जिल्ला अधिवेशनको अवसरमा आज काठमाडौका बिभिन्न नगरपालिकाबाट करिव ३०० जना बिभिन्न पार्टीका नेता कार्यकर्ता एमालेमा प्रबेश गरेका छन ।