• २६ माघ २०८२, आईतवार

१६ जिल्लामा एमालेको नेतृत्व निर्विरोध, को कहाँ निर्वाचित ?

काठमाडौं : नेकपा एमालेले १६ जिल्लामा निर्विरोध नेतृत्व चयन गरेको छ। 

शुक्रबारबाट सुरु भएको जिल्लाको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित हुन थालेका छन्। 

एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार हालसम्म १६ जिल्लामा निर्विरोध नेतृत्व चयन भएका छन्।  यस्तै दुई गैर भौगोलिकमा पनि नेतृत्व चयन भएको छ। 

अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा दीपक कार्की अध्यक्षमा चयन भएका छन्। यस्तै ता गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा अशोक ब्याञ्जु चयन भएका छन्। 

को कहाँ निर्वाचित ?

१. झापा- दीपक कार्की

२. पाल्पा- धनेन्द्रराज घिमिरे

३. दाङ- हुकुमबहादुर बस्नेत

४. डोल्पा- शेरबहादुर बुढा

५. सल्यान- गोविन्द पुन

६. बर्दिया- लालबहादुर श्रेष्ठ

७. बॉके- किस्मतकुमार कक्षपति

८. धादिङ- भूमि त्रिपाठी

९. अर्घाखाची- पीताम्बर भुसाल

१०. मोरङ- ऋषिकेश पोखरेल

११. काभ्रे- अशोक ब्याञ्जु

१२. भक्तपुर- बचन देउजा

१३. गुल्मी- बालसिंह काउछा

१४. खोटाङ- रामप्रसाद दंगाल

१५. सप्तरी- ताराकान्त चौधरी

१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ

विशेष जिल्ला कमिटी

१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष- उमेश ढकाल





प्रतिक्रिया दिनुहोस्