काठमाडौं, २५ पुस । काठमाडौँको गोंगबुस्थित रहेको विनायक अस्पताल तथा प्रसुतिगृह प्रा.ली.ले आफ्नो २५ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार काठमाडौंमा वार्षिक साधारणसभा भएको थियो । आज सम्पन्न साधारणसभाले १६ जना नयाँ शेयर होल्डरसमेत थप गरेको छ । करिव ३३ करोड लगानी भएको अस्पतालको पुराना ४६ सहित अब ६२ जना लगानीकर्ता भएका छन् । अरिकल इभेन्ट पा.ली. महाराजगन्जमा भएको वार्षिक साधारणसभाले २ बर्षका लागि नयाँ कार्य ( संचालक ) समिति पनि निर्वाचित गरेको छ । जसमा ७ जना संचालक समितिमा रहेका छन् ।
अध्यक्षमा उमा कुमारी ढकाल,प्रबन्ध निर्देशकमा केपी लामिछाने र मेडिकल डाइरेक्टरमा डा.उषा खाण श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका थिए । त्यस्तै सदस्यहरुमा खगेन्द्र प्रसाद अधिकारी,तुलसी बहादुर सिखंड श्रेष्ठ,गोबिन्द प्रसाद ज्ञवाली र पशुपति लामिछाने रहेका छन् । बि.स. २०५२ सालमा यो अस्पताल चावहिलमा स्थापना भएको थियो । बि.स.२०६१ सालमा गोंगबुमा सारिएको थियो । यो अस्पताल अहिलेसम्म भाडामा रहेको भवनमा भएपनि अब भने आफ्नो नयाँ भवन निर्माण गरेर एक बर्षभित्र सर्ने तयारीमा रहेको छ ।
करिव ५ बर्ष अगाडी नै अस्पतालले गोंगबुमा २ रोपनी जग्गा खरिद गरिसकेको छ भने अब छिट्टै नै भवन पनि निर्माण गर्ने तयारी भैरहेको छ । अस्पताल ८ तलाको बन्नेछ । करिव २० करोड लगानीमा बन्ने उक्त भवनमा २ तला अण्डरग्राउन पार्किङ हुनेछ । अब नयाँ भवन बनेपछि यो अस्पताल अहिलेभन्दा थप शशक्त र सुविधासम्पन्न बन्नेछ । आइसीयु र भेन्टिलेटरसहित आबस्यक अन्य सुबिधा पनि थपिने छन् । शनिबार सम्पन्न वार्षिक साधारणसभामा भवनको डिजाइनबारे फोटो चित्र प्रस्तुत गरिएको थियो । वार्षिक साधारणसभामा नयाँ लगानीकर्तालाइ शेयर प्रमाणपत्र प्रदान गरिएको थियो भने निवर्तमान प्रबन्ध निर्देशक एम प्रसाद द्वालाई मायाको चिनो प्रदान गरिएको थियो ।
केहि समय अगाडी अस्पताललाई अझ शशक्त र सुबिधा सम्पन्न बनाउने उदेश्यका साथ यस अस्पतालले 4D भिडियो एक्स रे सेवा उपलब्ध गराएको थियो । अस्पताललाई समयानुसार थप प्रबिधियुक्त बनाउदै उपलब्ध नभएका सेवाहरु बिस्तार गर्दै जाने लक्ष्य अनुरुप अस्पतालले यो सेवा सुरु गरेको थियो । विनायक अस्पतालमा एक्स रे-भिडियो एक्स रे, सिटिस्क्यान सेवा उपलब्ध छन् । विनायक अस्पतालमा हाल ५ आइसीयु र ३ भेन्टिलेटर रहेको छ । 4D भिडियो एक्स रे बाट गर्भवती महिलाहरुको पेटमा रहेको बच्चाको अवस्था, बच्चा चलेको लाइभ देख्न र बच्चाको अनुहार स्पष्ट देख्न तथा फोटो, भिडियो लिन समेत सकिनेछ ।
थाइराइड तथा ब्रेस्टको भिडियो एक्स रे पनि यसबाट हुन्छ । यो अत्याधुनीक सुबिधा सम्पन्न भिडियो एक्स रे सेवा हो । समय सापेक्ष र नयाँ प्रविधिको प्रयोग गरेर सुरक्षित रुपमा आमा र बच्चाको स्वास्थ स्थितिको जानकारी दिने र सम्भाव्य जोखिमबाट सतर्क गराउने तथा उचित उपचारको मार्गदर्शन गराउने भएकाले गर्भावस्थामा अल्ट्रासाउन्डको अत्यन्त उच्च महत्त्व रहेको छ । यसमा इको (बिशेष मुटु हेर्ने ) सुबिधा पनि रहेको छ ।

आमा र बच्चाको स्वास्थ्य अवस्थाको जाँचका लागि 4D भिडियो एक्स रे अपरिहार्य मानिने एउटा जाँच समेत हो। 4D भिडियो एक्स रे सेवा नेपालको थोरै मात्र अस्पतालमा उपलब्ध छ । आफ्नो पदभार ग्रहण गर्दै नवनिर्वाचित मेडीकल डाइरेक्टर उषा खाण श्रेष्ठले आफ्नो कार्यकालमा भवन निर्माण गर्ने तथा अस्पतालको सेवा र सुबिधा थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यस्तै प्रबन्ध निर्देशक केपी लामिछानेले यो अस्पताललाई अब समयानुसार थप प्रबिधियुक्त बनाउदै हाल उपलब्ध नभएका सेवाहरु बिस्तार गर्दै जाने बताएका छन् । उनले सबैको सुझाब र सल्लाह अनुरुप आफुले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । अध्यक्ष उमा कुमारी ढकालले सबैको साथ र सहयोग लिई अस्पतालको उदेश्य र लक्ष्य हासिल गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमको संचालन नवराज लामिछानेले गरेका थिए ।