धादिङ, २५ पुस । धादिङको नेत्रावती डबजोङ गाउँपालिकाले चालु आर्थिक वर्षमा गाउँपालिकाद्वारा विनियोजित बजेटको कार्यन्वयन गर्ने काममा भष्ट्राचार भएको भन्दै स्थानियले तालाबन्दी गरेका छन् ।
चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिएर दोस्रो चौमासिकको लागि बजेट खर्च भइरहँदा गाउँपालिकाले गरेको कुनैपनि काममा सार्वजनिक सुनुवाई नगरेको भन्दै गाउँ कार्यपालिकाको कार्यलयमा तालाबन्दी गरेको एक स्थानियले बागमती प्रेसलाई बताए ।
गाउँपालिकाले विकासको नाममा बजेट खर्च गर्दै भ्रष्टाचार गरेको स्थानियको आरोप छ ।
गाउँपालिकाको पदाधिकारीहरुको मिलेमतोमा गाउँपालिकाको भवन सम्म जाने सडक निर्माणको नाममा ३ करोड रुपैयाँ मनोमानी गरेको स्थानियले बताएका छन् ।
त्यस्तै कर्मचारी सुविधमा पनि अनावश्यक खर्च गरेको गाउँपालिकाले भौतिक संरचना खरिदमा पनि कुनैपनि ठेक्का प्रकिया नगरी मनोमानी रुपमा भष्ट्राचार गरेको खुलासा भएको छ ।
यस् बिषयमा गाउँपालिकाको पदाधिकारीहरु सँग सम्पर्क गर्न खोज्दा सम्पर्क पनि हुन सकेको छैन् ।