• ४ फाल्गुन २०८२, सोमबार

तारकेश्वर नगरपालिका ९ का वडाध्यक्ष बलराम सिटौलाको विकासको कथा

वडावासीको आवश्यकतालाई बुझेर खानेपानी,ढल,बाटो लगाएतको कामलाई बढि फोकस

काठमाडौं, २६ पुस । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष बलराम सिटौला पछिल्लो समय विकास निर्माणामा निकै सक्रियतापूर्वक लागिपरेका छन् । वडालाई कसरी सम्मृद्ध बनाउने भन्दै वडाध्यक्ष बलराम सिटौला निकै खटिरहनु भएको छ ।

वडाध्यक्षमा निर्वाचित सिटौलाकाे सक्रियताकै कारण वडाको मुहारमा परिवर्तनको आभास देखिएको छ । वडाध्यक्ष बलराम सिटौलाले विकास निर्माणको कामलाई प्रथामिकतामा राखेर काम गरिरहेका छन् ।

May be an image of 5 people, people standing, tree and outdoors

तारकेश्वरको ९ नम्बर वडा विकासको हिसाबले अगाडि नै रहेको र भौतिक पूर्वाधारको निर्माण तथा आन्तरिक पर्यटन प्रबर्द्धन गरिरहेको छ । चालु‌ आर्थिक वर्ष २०७८/०७९ पहिलो चौमासिक सकिँदा सम्म ८० प्रतिशत काम पुरा भएको र २० प्रतिशत काम चालु अवस्थामा रहेको छ।

वडाको महत्वपूर्ण योजनाको रूपमा पूर्वाधारहरुको विकास, वडावासीको आवश्यकतालाई बुझेर खानेपानी,ढल,बाटो लगाएतको कामलाई बढि फोकस गरिएको वडाध्यक्ष बलराम सिटौलाले बागमती प्रेसलाई बताए ।

May be an image of one or more people, people standing and outdoors

‘यस मध्ये वडाले खेलकुद कार्यक्रम, पार्कको निर्माण, माइनमेरिकेसन जस्ता कुरालाई बढि फोकस गरेको छ’, वडाध्यक्ष सिटौलाले भने, ‘वडावासीसँगको निरन्तर अन्तर्क्रियाम विकासका काम भईरहेकोले जनताहरुलाई चित्त बुझ्दो काम वडाले गरेको छ ।’

May be an image of standing and outdoors

पछिल्लो समय विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोनको बारेमा बडाले जनचेतना मुलक कार्यक्रम गरिरहेको छ ।

आफ्नो वडामा बालबालिकाहरू र ६० वर्ष भन्दा माथिका सम्भावित प्रभावित समूहका मानिसहरुलाई लक्षित गरेर कोरोना विरुद्धको तेस्रो मात्रा खोप लगाउन बढि ध्यान दिइएको वडाध्यक्ष सिटौलाले बताए ।

May be an image of 3 people and road




प्रतिक्रिया दिनुहोस्