• १० बैशाख २०८३, बिहीबार

एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ

काठमाडौं, २८ पुस । नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित भएका छन्। 

आज सम्पन्न मतगणनामा प्रतिस्पर्धी दामोदार बैरागीलाई ४९ मतले हराउँदै  अध्यक्षमा गुरुङ विजयी भएका हुन्। गुरुङले ४५६ मत पाए  भने बैरागीले ४ सय ७ मत प्राप्त गरे।

यसैगरी उपाध्यक्षमा तेजनारायण अधिकारी ४२१ मतका साथ विजयी भएका छन्  भने सचिवमा  बैनबहादुर क्षेत्री ४७५ मतसहित निर्वाचित भए। 

यस्तै उपसचिवमा दर्शन लामा ५४० मत र नवराज ओझा ४४३ प्राप्त गरी भएको कास्की एमाले निर्वाचन समितिले जनाएको छ।

सहमति जुटन नसकेपछि नयाँ कार्यसमिति चयनका लागि कास्कीमा गुरुङ र बैरागी पदाधिकारीको टीमसहित निर्वाचनमा होमिएका थिए। 





प्रतिक्रिया दिनुहोस्