• ९ माघ २०८१, बुधबार

नक्कली नोट कारोवारमा संलग्न २ जना पक्राउ

नवलपरासी : नवलपरासीमा नेपाली र भारतीय नक्कली नोटसहित २ जना पक्राउ परेका छन् । 

सदरमुकाम परासीका केहि पसलमा नक्कली नोट सटही गरेको भन्ने सूचनाको आधारमा बुधबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ बस्ने रसिद मोहम्मद र कपिलवस्तु शुद्धोदन गाउँपालिका वडा नं. २ नन्दपुर बस्ने जमाल मुसलमान रहेका छन् ।

उनीहरुलाई रामग्राम नगरपालिका वडा नं. ५ बद्धचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको साथबाट नेपाली १ हजारको २५ थान, भारतीय १ सयको ३ थान र भारतीय ५० को १७ थान नक्कली नोट बरामद गरिएको छ । पक्राउ परेका दुबैजना विरुद्ध मुद्रासम्बन्धी (नक्कली नोट) कसुर मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद लिई लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 





प्रतिक्रिया दिनुहोस्