• ७ बैशाख २०८३, सोमबार

एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

काठमाडौं, ३० पुस । नेकपा एमालेका महासचिव एवं लुम्बिनी प्रदेशका पूर्व मुख्य मन्त्री शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ ।

पोख्रेललाई कोरोना संक्रमण भएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

साथै पोख्रेलले पनि सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको बताएका छन् ‌।

एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् , “कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।”

पोखरेल बुधबार एमाले बारा जिल्ला कमिटीद्वारा आयोजित दसौं जिल्ला अधिवेशनको उद्घाटनसत्रमा सम्बोधन गर्नका लागि बारको कलैया पुगेका थिए ।





प्रतिक्रिया दिनुहोस्