नुवाकोट, ३ माघ । नुवाकोटको नुवाकोट आर्दश बहुमुखी क्याम्पसको प्रमुखमा जितेन्द्र अर्याल चयन भएका छन् । लामो समय देखि विवादका कारण रिक्त रहेको प्रमुख पद आगामी तीन वर्षका लागि अर्याललाई नियुक्त गरिएको छ ।
विद्यार्थी तथा अभिभावक माझ लोकप्रियता कमाएका अर्यालले यस अघि क्याम्पसमा भएका अनियमितताको अन्त्य गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने आम विद्यार्थी तथा अभिभावकको विश्वास रहेको छ । यस अघि क्याम्पसमा उपप्राध्यापक पद सम्हालिरहेका थिए ।
यसैगरि क्याम्पसको संचालक समितिको अध्यक्ष तथा बाँकी रहेका सदस्य चयनका लागि माघ १९ गते क्याम्पस सभा बोलाएको छ । उक्त सभाले बाँकी पद पूर्तिको लागि प्रक्रिया अगाडी बढाउने छ ।
जितेन्द्र अर्याल क्याम्पस प्रमुखमा नियुक्त हुने बित्तिकै क्याम्पसका बिद्यार्थीको बधाईको ओइरो आउन थालेको छ । क्याम्पस प्रमुख अर्यालबाट क्याम्पसमा भएको अस्थिरता अन्त्य हुने आशा बिद्यार्थीले गरेका छन् ।