• ११ असार २०८३, बिहीबार

वडाध्यक्ष केसीको काममा सन्तुष्ट छु : तारकेश्वर २ का वडासदस्य अर्जुन भण्डारी

काठमाडौं, ३ माघ । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २ का वडा सदस्य अर्जुन भण्डारीले आफ्नो वडाध्यक्ष रविन्द्र केसीले गरेको कार्य सम्पादन उत्कृष्ट भएको र यसले गर्दा सम्पूर्ण वडावासी सन्तुष्ट रहेको बताएका छन्।

उनले वडाध्यक्ष केसीले वडाको सर्वाङ्गीण पक्षको विकासलाई मुख्य प्रथामिकतामा राखेर काम गरिरहेको बताए ‌ ।

“वडा आफ्नो नीति योजना र कार्यक्रम अनुसार पूर्वाधार निर्माण , आर्थिक आयआर्जनका कार्यक्रम र जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिरहेको र अघिल्लो दिनहरुमा गरेको काम प्रति पनि सन्तुष्ट छु”, वडा सदस्य भण्डारीले भने, “जति पनि काम भएका छन् ती दिगो भएका छन् । जस्ले गर्दा म लगायत सम्पूर्ण वडावासी सन्तुष्ट छौं । “

तारकेश्वर नगरपालिकाको वडा नम्बर २ अरु वडा भन्दा भौगोलिक रूपमा विकट र नगरपालिका बाट विनियोजन हुने बजेटमा पिछडियता पनि निरन्तर जनचाहना र जनताको आवश्यकता अनुसार विकास भईरहेको छ ।





प्रतिक्रिया दिनुहोस्