• १ फाल्गुन २०८२, शुक्रबार

पर्यटन मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण

काठमाडौं, ४ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ।

उनको सचिवालयका अनुसार सोमबार बिहान उनको रिपोर्ट पोजिटिभ आएको हो ।

मन्त्री आलेसँगै उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि संक्रमण पुष्टि भएको छ। 

आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउनसमेत मन्त्री आलेको सचिवालयले आग्रह गरेको छ।





प्रतिक्रिया दिनुहोस्