नुवाकोट, ५ माघ । फाइभ स्टार होटल र नेपालका ठूला सहरहरुमा मात्रै उपलब्ध स्पाको स्टिम बाथ र साउना सेवा अब नुवाकोटमै उपलब्ध भएको छ ।
बट्टार बसपार्क नजिकै ‘हेवन्ली स्पा’ आइतवारबाट सञ्चालनमा आएसंगै स्वास्थ्यसंग जोडिएको यो अत्याधुनिक सेवा नुवाकोटमा उपलब्ध भएको हो । बिहान ६ बजेदेखि राती आठ बजसेम्म सेवा सुरु गरेको हेवन्ली स्पाले महिला र पुरुषका लागि बेग्लाबेग्लै स्टिम बाथ र साउना रुम तयार गरेको छ । निर्माण कार्य सुरु भएको छ महिनापछि यो सञ्चालनमा आएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले यसको सञ्चालन गरेका छन् ।
बट्टार बसपार्क स्थित मेरी स्टोप्स् सेन्टरसंग रहेको हेवन्ली स्पाले स्टिम बाथ र साउना सुरु गरिसकेको छ । एकै पटकमा झण्डै १५ जनाले सेवा लिन मिल्ने यहाँ महिला र पुरुषका लागि बेग्ला बेग्लै ‘च्याम्बर’ बनाइएको छ । ज्याकुजी भने निर्माण भइरहेको छ । केही दिन भित्रै ज्याकुजीको सेवा समेत सुचारु हुने सञ्चालक रमेश वस्तीले जानकारी दिएका छन् ।
बढदो सहरीकरण, मानिसहरु कामकाजमा सधैं ब्यस्त, जीबन शैली, अस्तब्यस्त, थकाई, दुखाई, तनावलाई ‘माइन्ड फुल बडी’ र दिमागको सन्तुलनलाई मिलाउनको लागि यसको आवश्यकता रहेको बताउँदै उनले नुवाकोटमा यसको आवश्यकता रहेको उल्लेख गरेका छन् । आफ्नो पुर्व पेशा ब्यवसाय स्मरण गर्दै वस्तीले भने– ‘म पर्यटन ब्यवसायबाट आएको ब्यक्ति हुँ, स्वास्थ्यका लागि स्टिम बाथ र साउनाको महत्व कत्ति छ भन्ने मैले राम्रोसंग बुझेको छु । आफुले बुझेको कुरालाई जिल्लाका नागरिकहरुलाई देखाउँ, भोगाउँ भनेर यसको सुरुवात गरेको छु ।’
हेवन्ली स्पाले आफ्नो सेवा सुरु गरेको अवसरमा सेवा शुल्कमा भारी सेवा शुल्कमा भारी छुट दिएको छ । स्टिम बाथ र साउना दुवैको बार्षिक, अर्धवार्षिक र त्रैमासिक शुल्क हेवन्ली स्पाले निर्धारण गरेको छ । जस अनुसार बार्षिक ७० हजार, अर्धवार्षिक ४५ हजार र त्रैमासिक ३० हजार रुपैयाँ रहेको छ ।
स्टिम वाथले अनुहारको कालो पोतो, डन्डीफोर, रुघाखोकी बिना औषधि निको हुनुका साथै अनुहारमा चमक आउछ । ‘यस कारणले गर्दा पनि अहिलेको महामारी कोरोनाबाट बच्नका लागि यो दुवै स्टिम बाथ र साउना असाध्यै आवश्यक र प्रभावकारी देख्छु’ हेवन्ली स्पाका सञ्चालक रमेश वस्तीले भने ।
हेवन्ली स्पाले मानिसलाई स्वस्थ्य बनाउन मद्दत गर्ने कुरा बैज्ञानिक रुपमा नै प्रमाणित भइसकेको छ । जसले रक्तसञ्चार बढाउने, रोगसँग लड्न सक्ने क्षमता बढाउने, थकान कम गराउने अनि खानामा रुची जगाउने गर्छ । निन्द्रा लगाउन मद्दत गराउनुको साथै शरीर झमझम गरेमा ताजा महसुस गराउँछ । जोर्नी दुखेको निको पार्ने देखि सानो कुरामा आत्तिने बानी छ हटाउने मात्रै होइन स्नायु प्रणालीलाई पुनर्ताजागी गराउन यसको महत्वपूर्ण भुमिका छ । यो ब्यस्त जीबनमा रहने ब्यक्ती बिशेष गरी अफिसमा बसेर काम गर्नेहरुलाईस्फुर्त र सन्तुलित राख्ने उत्तम विधि रहेको बताइएको छ । पसिना बगाउने भएकै कारण पसिना बगाएर निदान पार्न सकिने शारिरिक समस्याहरु सबैका लागि यो लाभदायक छ ।
नेपालमा तिब्बतको आम्ची, भारतको शिरोधरा, थाइल्यान्डको थाई मसाज प्रचलित छन् । नेपालको स्पा हाउसमा साउना, स्टिम र ज्याकुजी लोकप्रिय छन् । स्पाको माध्यमबाट शारीरिक थकान, मानसिक तनाव, शरीर दुखेको, नसा थिचिएको, भोक र निद्रा नलाग्ने समस्या कम गर्न सकिन्छ । शरीरको रक्तनलीमा टक्सिन जम्मा हुने र यसले रक्तसञ्चारमा अवरोध ल्याउने काम गर्छ । शरीरका यस्ता टक्सिन हटाउन सकिन्छ । स्टिम बाथ, साउना र ज्याकुजीले शरीरमा भएको टक्सिनलाई पसिनाको माध्यमबाट बाहिर निकाल्न सहयोग गर्छ । यसले शरीर न्यानो बनाउने र रक्तसञ्चार प्रभावकारी बनाउन मद्दत गर्छ ।
ल्याटिन भाषाको ‘स्पा’ सेनिटास पर एक्वाको छोटकरी रूप हो । यसको अंग्रेजी अनुवाद ‘हेल्थ विद वाटर’ हुन्छ । पानीको माध्यमबाट उपचार गर्ने पद्धति नै स्पा हो । स्पालाई प्राकृतिक उपचार पद्धतिका रूपमा चिनिन्छ । स्पामा मसाज, स्टिम बाथ, साउना र ज्याकुजी सबै सेवा उपलब्ध हुनुपर्छ ।
स्टिम बाथ
स्टिम बाथ बाफका माध्यमबाट शरीरमा पसिना निकालेर उपचार गरिने पद्धति हो । यसले शरीरमा भएको विषाक्त पदार्थलाई पसिनाका माध्यमबाट बाहिर निकाल्न मद्दत गर्छ । स्टिम बाथमा बसेर पसिना आएपछि नुहाउने गरिन्छ ।
साउना
तापका माध्यमले शरीरबाट पसिना निकालेर उपचार गर्ने पद्धति साउना बाथ हो । यसले पनि पसिनाका माध्यमबाट शरीरमा भएको टक्सिन बाहिर निकाल्न सहयोग गर्छ । यसमा तापका लागि विशेष प्रकारको चट्टान प्रयोग गरिन्छ । चट्टानमार्फत पूरै च्याम्बरलाई तातो बनाइन्छ । काठबाट निर्मित च्याम्बरमा तातो सहन सकुञ्जेल बसेपछि मन तातो वा चिसो पानीमा नुहाउने गरिन्छ ।
ज्याकुजी
ज्याकुजी पानीको माध्यमद्वारा गरिने मसाज हो । तातो पानी भरिएको बाथटबमा बसेर शरीरमा पानीको फोहरा दिइन्छ । यसमा एकै पटक शरीरमा भएको टक्सिन निकाल्ने र शरीरलाई मसाज गर्ने काम हुन्छ ।
किन आवश्यक छ ?
आधुनिक समाजको विकाससँगै मानव जीवनमा पनि आधुनिकताको राम्रै प्रभाव परेको छ । यसले मानिसमा शारीरिक तथा मानसिक समस्याहरू थप्दै छ । बदलिँदो वातावरण, असन्तुलित खानपान, आवश्यक मात्रामा व्यायामको कमीजस्ता कारणले मानिसमा अनगिन्ती समस्या देखिन थालेका छन् । यस्ता समस्याबाट मुक्ति दिलाउन तथा प्रभाव कम गर्न पछिल्लो समय स्पाथेरापीतर्फ आकर्षण बढ्दो छ । यसले भित्री अंग तथा आउटलुकको मेन्टिनेन्सका साथै कुनै पनि केमिकलको प्रयोगविना प्राकृतिक तरिकाले पछिसम्मका लागि स्वास्थ्यलाई मेन्टेन गरी जिउने कला सिकाउँछ ।
हेवन्ली स्पाका सञ्चालक रमेश वस्ती मानिसमा स्वस्थ जीवनशैली अपनाउनेबारे मानिसमा चेतनाको विस्तार भएका कारण स्पातर्फ आकर्षण बढ्दै गएको बताउँछन् । ‘स्वस्थ जीवनशैली बनाउने विषयमा मानिसको चेतना वृद्धि भइसकेको छ,’ उनी भन्छन्, ‘मानिसको अस्वस्थकर जीवनशैलीलाई स्वस्थ जीवनशैलीमा बदल्नु तथा शरीर र मनलाई सन्तुलनमा ल्याउनु नै स्टिम बाथ र साउनाको प्रमुख उद्देश्य हो । यो व्यवसायलाई उचित ढंगले व्यवस्थित एवम् व्यवसायीकरण गर्न सकेको खण्डमा अर्थतन्त्र तथा स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण टेवा पुग्नेछ ।’
आयुर्वेदसंगको सम्बन्ध
प्राकृतिक चिकित्सासँग सम्बन्धित विभिन्न आयुर्वेदथेरापी, एरोमाथेरापी, स्पाइनलथेरापी, शिरोधारा, साउनाबाथ, स्टिमबाथ, हटस्टोन मसाज, जोइन पेन रिलिफ मसाज, अकुप्रेसरथेरापी, ओफुरोलगायत प्राकृतिक चिकित्सापद्धति अपनाउने गरिएको छ । पहिले यसलाई विलासिताको आवश्यकताका रूपमा लिइन्थ्यो भने अहिले आधारभूत आवश्यकताका रूपमा लिने गरिएको छ । स्टिम बाथ र साउना (स्पा) र आयुर्वेद दुवैलाई अल्टर्नेटिभ थेरापीका रूपमा लिन सकिन्छ । आयुर्वेद उपचारमा आधारित हुन्छ भने स्पालाई रिल्याक्समा आधारित मानिन्छ । आयुर्वेदमा प्रयोग गरिने नियमहरू स्टिम बाथ र साउना (स्पा)मा पनि पालना गरी स्पाथेरापी सेवा दिइने हुनाले आयुर्वेद र स्पालाई एकीकृत रूपमा लिन सकिने वस्ती बताउँछन् ।
के–के रोगहरूमा काम गर्छ ?
विश्व स्वास्थ्य संगठनका अनुसार ७५ प्रतिशत मुटु तथा रक्तनलीका रोग, ७५ प्रतिशत मधुमेह रोग, ७५ प्रतिशत मस्तिष्काघात वा स्ट्रोक र ४० प्रतिशत क्यान्सररोगको पूर्ण रूपमा रोकथाम गर्न सकिन्छ । योग, प्राकृतिक चिकित्सा र जीवनशैली व्यवस्थापन नै यी रोगका निम्ति अन्तिम उपाय हुन् । किनकि, यी रोगबाट बच्ने वा उपचार गर्ने उपाय मात्र होइनन्, जीवन जिउन सिकाउने कला पनि हुन् । योग, प्राकृतिक चिकित्सा, जीवनशैली चिकित्सा एवम् आयुर्वेदबाट यी रोगको प्रभावकारी उपचार र रोकथाम सस्तो शुल्कमा गर्न सकिन्छ । केही अवस्थामा आधुनिक औषधि तथा अप्रेसनको पनि जरुरत पर्न सक्छ, तर ८० प्रतिशतभन्दा बढी रोगको सुरुवाती अवस्था औषधि तथा अप्रेसनसंग भन्दा जीवनशैलीसँग नै सम्बन्धित हुन्छन् र पूर्णतया ठिक हुनेखालका हुन्छन् ।
प्रायः नसर्ने रोगको रोकथाम र रोगमाथि विजय पाउने सबैभन्दा सजिलो, सस्तो र भरपर्दो उपाय नै योग, प्राकृतिक चिकित्सा, जीवनशैली व्यवस्थाप र आयुर्वेद हुन् । तर स्टिम बाथ र साउना (स्पा) आधुनिक आयुर्वेद हो ।