नुवाकोट, ५ माघ । जिल्ला प्रशासन कार्यलय नुवाकोटमा बुधबार बिहानैदेखि सेवाग्राहीको भिड लागेको छ ।
कोरोना संक्रमण फैलन सक्ने भन्दै सरकारले व्यक्तिबीच भौतिक दूरी कायम गर्न आग्रह गर्दै आएको छ । तर, सरकारी निकायमै भौतिक दूरी कायम हुन नसक्दा संक्रमण फैलने जोखिम बढेको छ ।
स्वास्थ्य सावधानीविना हुने भिडले नुवाकोटमा संक्रमण फैलँदै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।
काेरोना जोखिम भए पनि भिडभाडमै कोचिएर सेवा लिनुपर्ने अवस्था रहेको सेवाग्राहीले बताएका छन् । सेवाग्राहीको भिडले संक्रमणको जोखिम एकातिर छ भने अर्कोतिर सेवा लिन पनि समस्या भएको छ ।
जिल्ला प्रशासनमा सेवा लिनका लागि घन्टौं लाइन लाग्नुपर्ने बाध्यता छ ।
पछिल्लो समय नुवाकोटमा कोरोना संक्रमण तीव्र बन्दै गएको छ ।


