• २५ आश्विन २०८३, आईतवार

काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि जोरबिजोर प्रणाली लागु हुने

काठमाडौं, ६ माघ । काठमाडौं, ललितपुर र भक्तपुर प्रशासन कार्यालयहरुले शुक्रबार रातिदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेका छन्।

तीनै जिल्लाका प्रजिअहरुले जारी गरेको आदेशमा सार्वजनिक तथा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्नेलगायतका निर्णय समावेश छन्।

लामो दूरीका सवारी साधनमा बीचमा यात्रु चढाउन नपाउने तथा सकेसम्म सबै यात्रुका लागि एन्टिजेन परीक्षणको व्यवस्था गर्ने आदेशमा उल्लेख छ।

सार्वजनिक सेवा लिँदा सबैले अनिवार्य रुपमा खोप लगाएको प्रमाणपत्र बोक्नुपर्ने पनि आदेशमा उल्लेख छ।

शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन नगराउने र परीक्षाहरु सञ्चालन नगर्ने पनि आदेशमा उल्लेख छ।