• २३ आश्विन २०८१, बुधबार

संवाद र सहमतिमै संसदको गतिरोध अन्त्य हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदमा देखिएको गतिरोधको अन्त्य संवाद र सहमतिबाटै गर्ने बताएका छन् ।

शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अहिले संसदमा देखिएको गतिरोध अन्त्यमा राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट हुने बताएका हुन् । 

नेकपा एमालेका सांसदहरूको नाराबाजीले संघीय संसद बैठकमा अवरोध सृजना भइरहेको छ। 

यस्तै प्रधानमन्त्री देउवाले कोरोना भाइरस संक्रमण नियन्त्रणमा खोपको प्रभावकारी रहेको बताएका छन्।

प्रधानमन्त्रीले कोरोना नियन्त्रणमा खोपको प्रभावकारिता रहेकाले चैतसम्म सबैलाई खोप लगाइसक्ने बताएका हुन्।

साथै उनले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न र खोप लगाएर कोरोना संक्रमण नियन्त्रणमा सहयोग गर्न सबैमा अपिल गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्