• ७ जेष्ठ २०८३, बिहीबार

नुवाकोट जेसिसको अध्यक्षमा नवराज सुवेदी

नुवाकोट, ८ माघ । नुवाकोट जेसिसले नयाँ नेतृत्व पाएको छ ।

शनिबार विदुरमा भएको जेसिसको ८ औं जिल्लासभाबाट २०२२ वर्षको लागि अध्यक्षमा नवराज सुवेदीसहितको समुह निर्विरोध निर्वाचित भएको नुवाकोट जेसिसका निवर्तमान अध्यक्ष तथा निर्वाचन अधिकृत श्रीकृष्ण आचार्यले बागमती प्रेसलाई जानकारी दिए ।

नुवाकोट जेसिसको अध्यक्ष नवराज सुवेदी

त्यस्तै कार्यकारिणी उपाध्यक्षमा अरुणराज पाठक , बिनोद लामिछाने , महासचिव सुमन भण्डारी , कोषाध्यक्ष रामधन ढकाल निर्वाचित भएका छन् भने उपाध्यक्षमा क्रमश हिमन रिमाल, निरज चित्रकार , किशोर अर्याल , करण खतिवडा निर्वाचित भएका छन् ।

नुवाकोटमा जेसिसको स्थापना सन् २०१३ मा भएको थियो । जेसिसले युवाहरुको क्षमता र नेतृत्व विकासको काम गर्दै आएको छ ।





प्रतिक्रिया दिनुहोस्