• २४ पुष २०८१, बुधबार

बागमती प्रदेशमा तीनवटा रसायनिक मल कारखाना खोल्ने


काठमाडाैं : बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ ।

थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना  खोल्ने सोमबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद्काे बैठकले निर्णय गरेको जनाएको छ ।

बागमती प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री  कृष्ण शर्मा खनालले यस विषयमा कम्पनीसँग छलफल भइरहेको जानकारी दिँदै त्यसका लागि नेपाल विद्युत् प्राधिकरणसँग पनि छलफल गर्ने बताए । मन्त्रिपरिषद् बैठकले  प्रदेश सरकारअन्तर्गत सञ्चालन हुने बहुवर्षीय ठेक्काको पनि मापदण्ड तय गर्ने र प्रदेश किताबखाना सञ्चालनमा ल्याउने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकले सामुदायिक विद्यालयमा अध्ययन गरेका सबै छात्रालाई स्नातकोत्तरको शिक्षा निःशुल्क गर्नेसमेत निर्णय भएको प्रवक्ता खनालले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्