काठमाडौं, १९ माघ । स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न अनेरास्ववियु ग्रामीण क्याम्पस कमिटीले माग गरेको छ ।
तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा नेकपा एमाले निकट अनेरास्ववियु ग्रामीण आदर्श बहुमुखी क्याम्पस कमिटीले समयमा सरकारलाई स्थानीय निर्वाचन घोषणा गर्ने माग गर्दै क्याम्पसमा कालो ब्यानर राखेको हो।
उक्त व्यानर राख्ने कार्यक्रम अनेरास्ववियु क्याम्पस कमिटी सचिव विवश धितालको नेतृत्वमा भएको थियो ।
उक्त कार्यक्रममा नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य दिपेस भेटुवाल, अनेरास्ववियु क्याम्पस कमिटी पूर्व अध्यक्ष तथा केन्द्रिय सदस्य बाबुराम कुँवर, अनेरास्ववियु केन्द्रिय सदस्य राजेन्द्र गजुरेल लगाएतको उपस्थिति रहेको थियो ।