• २९ फाल्गुन २०८२, शुक्रबार

नुवाकोटको नयाँपुलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा किस्पाङका तामाङको मृत्यु

नुवाकोट, १९ माघ । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ५ नयाँपुलमा बुधबार दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

गल्छी-त्रिशुली-मैलुङ सडक खण्डको किस्पाङ गाउँपालिका ५ स्थित नयाँपुलमा एक टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो ।

बा ३ ख ८५१०० नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ७१ प ४६७६ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिएको हो ।

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार किस्पाङ गाउँपालिका वडा नं ५ मानेगाउँ बस्ने अन्दाजी ३२ बर्षीय यम बहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी रूपक खड्काले बताए ।

तामाङको जिल्ला अस्पताल त्रिशुलीमा मृत्यु भएको डीएसपी खड्काले बताए ।

फरार रहेका टिपर चालकको खोजि भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्