• २३ फाल्गुन २०८२, शनिबार

नुवाकोटसहित बागमती प्रदेसका केही स्थानमा पानी पर्ने सम्भावना

काठमाडौं, २० माघ । हाल देशमा पश्चिमी  वायुको प्रभाव रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका तराई भूभागमा पनि आंशिक बदली रहेको मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज राति  देशका प्रदेश १, बागमती, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।

प्रदेश  १, बागमती, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरु तथा प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा  हल्का हिमपातको सम्भावना रहेको छ।

भोलि सुदूरपश्चिम, कर्णाली , लुम्बिनी  र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी  प्रदेशका धेरै स्थानहरु तथा गण्डकी र बागमती प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागहरुका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा तथा बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।





प्रतिक्रिया दिनुहोस्