• १ फाल्गुन २०८२, शुक्रबार

एकीकृत समाजवादी सम्बद्ध प्रवासी नेपाली एकता मञ्च कतारको संगठन विस्तारले पायो तिव्रता

काठमाडौं, २२ माघ । नेकपा एकीकृत समाजवादी सम्बद्ध प्रवासी नेपाली एकता मञ्च कतारले संगठन विस्तारलाई तिव्रता दिएको छ ।

संगठन विस्तार अभियान अन्तर्गत मञ्चले शुक्रबार एक कार्यक्रमकाबीच कतारमा दोहा नगर कमिटी गठन गरेको छ ।

प्रवासी नेपाली एकता मञ्च कतारका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख गणेश ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष रामहरी गैरे रहेका थिए ।

मञ्चका पूर्व अध्यक्ष तथा सल्लाहकार परिषदका अध्यक्ष नरेश श्रेष्ठ, मञ्चका महासचिव थम गिरी, उपाध्यक्ष याशिन मामा लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

बुद्धि चन्द राजबंशिको अध्यक्षतामा नवगठित दोहा नगर कमिटीको उपाध्यक्षमा अब्दुल सामद मिया, उपाध्यक्ष एसान्नुल्लाहा मुसलमान सचिव अब्दुल मोकिम, उपसचिव जनम बर्देवा कोषाध्यक्ष केबल बि.क सदस्यहरु राजकुमार चन्द नबराज श्रेष्ठ कृष्णदिप कुमाल महिबुल्ला मुसलमान भिम क्षेत्री अनिल गौतम अख्तर हुसेन रहेको दोहाबाट शम्भु जम्कट्टेलले बागमती प्रेसलाई जानकारी दिए ।

प्रवासी नेपाली एकता मञ्च कतारका सल्लाहकार नरेश श्रेष्ठले बधाई तथा स्वागत गरेको कार्यक्रमको सञ्चालन मञ्चका सचिवालय सदस्य तोयानाथ पौडेलले गरेका थिए ।

No description available.




प्रतिक्रिया दिनुहोस्