काठमाडौं, २४ माघ । नुवाकोट जिल्लाको पुर्वी भेगमा शिवपुरी गाउँपालिका वडा नम्बर ८ स्थित थानापतिमा दामचन्द्र माला मन्दिरमा धर्मशाला शिलान्यास भएको छ । आइतबार थानापति मन्दिर परिसरमा एक कार्यक्रमबीच सो धर्मशालाको शिलान्यास भएको हो ।
धर्मशालाको नेकपा एमालेका केन्द्रिय सदस्य जगन्नाथ थपलियाले गरेका हुन् । शिलान्यास समारोहमा नेता थपलियाले हाम्रो रीतिरिवाज जगेर्ना गरेको खण्डमा मात्र नयाँ पुस्ता सत्कर्ममा अगाडि बढ्न सक्ने बताए ।
प्रदेश सरकारबाट पहिलो चरणमा १८ लाख ७५ हजार प्राप्त रकममा निर्माण सुरु गरिएको धर्मशाला १२ कोठाको हुनेछ ।थानापति आमा र दामचन्द्र चन्द्र माला उनको सन्तान रहेकाले सोही नाममा धर्मशाला निर्माण हुन लागेको पार्वती थपलियाले बताइन् ।