रौतहट : रौतहट सदरमुकाम गौरस्थित बसपार्कमा रहेको अस्थायी प्रहरी चौकीबाट खटिगएको प्रहरी गस्ती टोलीले गौर नपा, ७ सिसवा चोकमा चेकजाँच गर्ने क्रममा ४५ लिटर अवैध घरेलु मदिरा बेवारीसे अवस्थामा फेला पारेको छ ।
घरेलु मदिरा जिल्लाको चन्द्रपुरमा उत्पादन भई सदरमुकामसम्म पुर्याउँदै गरेको सूचना प्राप्त भए पश्चात् प्रहरीले गोप्य सूचनाको आधारमा चेकजाँचमा तिव्रता ल्याएपछि उक्त मदिरा बरामद गरिएको हो । बरामद गरिएका घरेलु मदिरा बसपार्क प्रहरी चौकीको हाताभित्र खाडल खनी संचारकर्मी तथा स्थानीयहरुको रोहवरम पुरी नष्ट गरिएको छ ।