• १७ बैशाख २०८३, बिहीबार

किस्पाङमा माओवादीबाट निर्वाचित वडा सदस्य काँग्रेस प्रवेश, चुनावको मुखमा माओवादीलाई ठूलो धक्का

नुवाकोट, २५ माघ । नुवाकोटको किस्पाङ गाउँपालिकामा नेकपा माओवादीका लोकप्रिय नेता चिर जोम तामाङ नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

देश संघीयतामा गएपछि भएको पहिलो स्थानिय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उमेद्वार तामाङ किस्पाङ गाउँपालिकाको वडा नं १ मा वडा सदस्यमा निर्वाचित भएका थिए ।

No description available.

तामाङले मंगलबार पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेसँगै नेकपा माओवादी केन्द्र किस्पाङलाई ठूलो धक्का पुगेको छ । देशमा स्थानिय तहको निर्वाचन आगामी बर्ष बैशाख ३० गते गर्ने घोषणा भइसकेको अवस्थामा यसरी पार्टी परित्याग गर्दा माओवादीलाई ठूलो घाटा भएको एक स्थानिय नेताले बताए ।

तामाङलाई मंगलबार एक कार्यक्रमकाबीच नेपाल महिला संघ किस्पाङकी सभापति ज्ञानुमाया तामाङले पार्टी प्रवेश गराएकी थिइन् ।

No description available.




प्रतिक्रिया दिनुहोस्