• १० बैशाख २०८२, बुधबार

दुप्चेश्वरको बेतिनिमा लप्सीका विभिन्न परिकार बनाउने तालिम सम्पन्न

नुवाकोट, २५ माघ । दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ बेतिनिमा लप्सीका विभिन्न परिकार बनाउने तालिम गत साता सम्पन्न भएको छ ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष अञ्जु आचार्यले हरेक कुरामा सहयोग गर्न पालिका र आफु सधेँ तयार रहेको बताइन् । उनले स्थानीय स्तरमा उत्पादन भएको लप्सीको अचार र अन्य परिकार उत्पादन गर्न महिलाहरु सक्षम रहने विश्वास व्यक्त गरिन् ।

यस्तै तालिम समापन कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले स्थानीय उत्पादन र त्यसमा पनि महिलालाई प्राथमिकता दिने र उद्धमीको भविष्य राम्रो रहेको बताए ।

यस्तै तालिम आयोजक संस्था जिल्ला लद्यु उधमी संघ नुवाकोटकी अध्यक्ष गिता थापाले खेर गइरहेको स्थानीय श्रोतमा आधारित उद्यम अन्तर्गत लप्सीको परिकार बनाउने तालिम उपलव्धीमुलक हुने भएकोले बेतिनिमा तालिमको आयोजना गरेको बताइन् ।

कार्यक्रममा तालिमका सहभागिहरुलाई प्रमाणपत्र र लप्सीको विभिन्न परिकार बनाउन आवस्यक उपकरण प्रदान समेत गरिएका थियो ।
तालिममा झण्डै २५ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमका सहभागीहरुले सिपलाई व्यवसायमा लागउन सकेको खण्डमा आर्थिक उपार्जन गर्नलाई सहज हुने बताएका छन् ।

यो समाचार विदुर खबरमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्